Logo

सेलिङ प्रेसर आउँदा नेप्सेमा सामान्य करेक्सन, कारोबार रकमा साढे २१ अर्ब माथि

सेलिङ प्रेसर आउँदा नेप्सेमा सामान्य करेक्सन, कारोबार रकमा साढे २१ अर्ब माथि



काठमाडौं । बजारमा सेलिङ प्रेसर आउँदा नेप्सेमा सामान्य करेक्सन आएको छ । दिनभर इन्ट्राडे करेक्सन हुँदै घटवढ भएको बजार अन्तिममा ८.१८ अंकले घटेर बन्द हुन पुग्यो ।

मंगलबार बजारमा सबै समुहका परिसुचकहरुमा गिरावट आएको छ । नेप्सेमा रहेका १३ उपसमुहमध्ये १० वटामा गिरावट आएको छ । जसमा सबैभन्दा बढी होटल, माईक्रोफाइनान्स, निर्जीवन बीमा समुहका घट्न पुगेको छ । तर, बजारमा विकास बैंक, जीवन बीमा समुह भने बढ्न पुगेको छ ।

सेलिङ प्रेसर आउँदा घटेको बजारमा २१ अर्ब ५१ करोड बढीको सेयर कारोबार भएको छ । जसमा ३१७ कम्पनीको ५ करोड २७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । मंगलबार नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८१ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ६८ करोड ८१ लाख, शिवम् सिमेन्टको ४४ करोड ४२ लाख, अपी पावरको ४२ करोड ६९ लाख, अरुण भ्याली हाइड्रोपावरको ४२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL