Logo

अमेरिकामा आज राष्ट्रपतिको चुनाव, क्लिन्टन र ट्रम्पवीच कडा प्रतिशपर्धा

अमेरिकामा आज राष्ट्रपतिको चुनाव, क्लिन्टन र ट्रम्पवीच कडा प्रतिशपर्धा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार अमेरिकामा ४५औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि सत्तारूढ डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प प्रतिशपर्धामा रहेका छन् ।

त्यस्तै ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबट्रेरिनबाट ग्यारी जोनसन पनि चुनावी मैदानमा छन् । निर्वाचनमा जित हासिल गर्ने उम्मेदवारले आगामी २० जनवरीमा राष्ट्रपति भवन व्हाइट हाउसमा आफ्नो कार्यभार सम्हालनेछ । मतदान नोभेम्बर ९ को बिहान ६ बजेसम्म चल्ने छ ।

हरेक राज्यमा खसेको बहुमत मत जसको पक्षमा गयो त्यही उमेदवारले सो राज्यको सम्पूर्ण इलेक्ट्रोल मत पाउने गर्छ । दुई राज्य मेन र नेब्रास्कामा भने मतको समानुपातिक आधारमा इलेक्ट्रोल मत पाउने नियम छ । अमेरिकी संविधानका अनुसार कुनै पनि राष्ट्रपति ८ वर्षभन्दा बढी समयका लागि राष्ट्रपति पदमा रहन नसक्ने व्यवस्था छ ।

बाराक ओबामा लगातार दोस्रो पटक जित हासिल गर्दै ८ वर्षका लागि राष्ट्रपति भइसकेका छन् ।

अमेरिकी कांग्रेसका दुई वटा सदन छन् । प्रतिनिधि सदनमा ४३५ र सीनेटमा १ सय सदस्य रहने व्यवस्था छ । कोलम्बियाको पनि मिलाउँदा कुल सदस्यको संख्या ५३८ हुन जान्छ । ५ सय ३८ सदस्यले राष्ट्रपतिको चयन गर्छन् ।

जुन उम्मेदवारले २७० भन्दा धेरै भोट हासिल गर्छन, त्यही उम्मेदवार अमेरिकाको राष्ट्रपति बन्ने छन् । त्यस्तै बहुमत हासिल गर्नका लागि ५३८ मा २७० मत पाउनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्