Logo

नेपालमा ३० खर्ब रुपैयाँ लगानी गर्दै एडीबी, उर्जा र यातायातका ३७ परियोजना

नेपालमा ३० खर्ब रुपैयाँ लगानी गर्दै एडीबी, उर्जा र यातायातका ३७ परियोजना


बिजखबर संवाददाता
0
Shares

एसियन डेभलपमेन्ट बैंक (एडीबी)ले ३० खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । एडीबीले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत उक्त रकम विभिन्न परियोजनामा लगानी गर्ने भएको हो । एडीबीले सासेकको १० वर्षे कार्ययोजना सार्वजनिक गर्दै नेपालको उर्जा र यातायात क्षेत्रमा ३० अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको हो ।
एडीबीले सन् २०१६देखि २०२५सम्ममा उक्त लगानी गर्ने छ । सासेकअन्तर्गत उर्जा क्षेत्रका १३ परियोजनामा २४ अर्ब डलर र यातायातका परियोजनामा ६ अर्ब डलर खर्च हुने छन् । एडीबीले हालै सार्वजिनक गरेको दश वर्षे सासेक कार्ययोजना अन्गर्तत १ खर्ब २० अर्ब अमेरिकी डलर लागत बराबरका २ सय भन्दा बढी परियोजना रहेका छन् ।
सन् २०११मा शुरु भएको सासेक एडीबीले मुख्य वित्तिय लगानी गरेको कार्यत्रक्र हो । सासेकमा नेपाल, बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । एडीबीले सासेक अन्तर्गतका मुलुकबीच उच्च आर्थिक साझेदारी गराउने गरी दिर्घकालिन कार्ययोजना सार्वजनिक गरेको हो । हालसम्म सासेकअन्गर्तत ९ अर्ब डलर लागतका ४३ ओटा परियोजना स्वीकृति भएर कार्यन्वयनमा गएका छन् ।
एडीबीले हालै सार्वजनिक सासेकको दश वर्षे कार्ययोजनाले उर्जा, व्यापार सहजीकरण र यातायातलाई प्राथमिकतामा राखेको छ । नयाँ योजनाले क्षेत्रीय साझेदारीलाई उच्च तहमा पु¥याउने एडीबीले बताएको छ । दश वर्षे कार्ययोजनाले दक्षिण एसियालाई मात्रै नभई दक्षिण एसीयाली मुलुकलाई दक्षिणपूर्वी र पूर्वी एसियाली मुलुकसँग समेत जोड्ने एडीबीले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्