Logo

डेंगीबाट दुई जनाको मृत्यु, दुई हजार बढीमा संक्रमण

डेंगीबाट दुई जनाको मृत्यु, दुई हजार बढीमा संक्रमण


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । डेंगी संक्रमणबाट झापा र तनहुँमा दुई जनाको ज्यान गएको छ । डेंगी संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ ।

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए । त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डंगी संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ । नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी संक्रमण देखिएको छ । गत वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL