काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले सिआइबी ३ जना रोमानियाली नागरिकलाई पक्राउ गरेको छ । रोमानियाली नागरिकहरु घिता, इयोसिस र एलेक्सलाई ठमेलबाट पक्राउ गरिएको सिआइवीले जानकारी दिएको छ ।
उनीहरु विरुद्ध अन्य ब्यक्तिको पिन नम्बर चोरी गरी बैंकबाट पैसा निकाल्ने गरेको आरोप छ । इन्भेष्टमेन्ट बैंकबाट निकालिएको रकम शंकास्पद भएको भन्दै बैंक्ले प्रहरीलाई खवर गरेको थियो । अनुसन्धानपछि तीन अभियुक्तलाई पक्राउ गर्न सफल भएको सिआइवी प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए ।
अभियुक्तहरुले बैंकबाट एकैचरणमा १० पटकभन्दा बढी रकम निकालेको थियो । उनीहरुको साथबाट ३ लाख नेपाली रुपैयाँ, १० हजार युरो र ४७० फिलिपिनी मुद्रा बरामद गरिएको छ । साथै उनीहरुबाट हिडन क्यामरा र एटिएमको डाटा चोरी गर्ने उपकरणहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।