Logo

काठमाडौंका यी ठाउँमा आज पाँच घण्टा विद्युत नआउने

काठमाडौंका यी ठाउँमा आज पाँच घण्टा विद्युत नआउने



काठमाडौं । काठमाडौंको थानकोट क्षेत्रमा आज (शनिबार) पाँच घण्टा विद्युत् अवरूद्ध हुने भएको छ । बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा विजुली जाने जानकारी दिएको छ ।

थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुल लगायतका क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुरु हुने प्राधिकरणले जनाएको ।

प्रतिक्रिया दिनुहोस्
MBL