Logo

सेलिङ प्रेसर आउँदा बजारले गर्न सकेन रिभाइभ, घाटामा रहेका सिमेन्ट कम्पनीमा लाग्यो सर्किट

सेलिङ प्रेसर आउँदा बजारले गर्न सकेन रिभाइभ, घाटामा रहेका सिमेन्ट कम्पनीमा लाग्यो सर्किट



काठमाडौं । अन्तिम समयमा सेलिङ प्रेसर आउँदा बजारमा झिनो अंकको मात्रै वृद्धि भएको छ । बुधबार १०८ अंकले बढेको बजार बिहीबार पनि दोहोरो अंकले बढ्ने अनुमान लगानीकर्ताको थियो । तर कारोबार समयमै संसदको अर्थ समितिले अहिलेको बढ्दो सेयर बजार सम्बन्धमा छलफल राखेको र धेरैजसो लगानीकर्ताले त्यसैलाई आधार बनाएर प्रफिट बुक गर्न खोज्दा बजारमा उच्च सेलिङ प्रेसर आएको थियो ।

बजारमा सेलिङ प्रेसर आउँदा कारोबार रकमा भने सुधार आएको छ । दिनभर २० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जसमा ३०८ कम्पनीको ५ करोड कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । पछिल्लो समय कतिपय सांसदहरुले संसदको रोष्टमबाटै अहिले नेप्से अस्वभाविक रुपमा बढेको र सो विषयमा छानविन गर्नुपर्ने जस्ता अभिव्यक्ति दिएपछि बजारमा त्यसले नकारात्मक प्रभाव पारेको छ ।

नेप्सेमा आज उत्पादनमुलक अर्थात विशेषगरी सिमेन्ट कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा नेप्से परिसुचक ६.७ अंकले बढ्न पुगेको छ । लगानीकर्तालाई लाभांश दिन नसक्नेगरी घाटामा रहेको सिमेन्ट कम्पनीको सेयर मूल्य अन्तिम समयमा सर्किट लाग्न पुगेको थियो । उक्त कम्पनीको सेयर मूल्यमा सर्किट लागेसँगै सामाजिक संजालमार्फत त्यस्ता कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताहरु फस्ने सम्भावना उच्च रहेको भन्दै टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL