काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेशनल चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज मलेशियाका पदाधिकारीसंग भेटघाट गरेका छन् । सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा राजनैतिक स्थायीत्व भई लगानीको वातावरण बन्दै गएकोले नेपालमा लगानी गर्न मलेशियाका व्यवासायीहरुलाई अनुरोध गरे ।
उनले सस्तो श्रम, भारत र चीन जस्ता दुई ठुला बजारबाट प्रशस्त फाईदा लिन सकिने भएकोले नेपालमा उद्योग स्थापना गर्न मलेशियाका उद्यमी व्यवसायीहरुलाई अनुरोध समेत गरेका थिए ।
भुकम्प पश्चात नेपालमा पुर्ननिर्माणका लागि ठूलो पूजीँ र प्रविधिको आवश्यकता माथि प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले पुर्वाधार निर्माण, कृषि, पर्यटन, उर्जा, जलश्रोतको विकास, खानी तथा खनिजजन्य उद्योग, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा लगानी गर्न अनुरोध गरेका थिए ।
भेटघाटका अवसरमा दुई देश विचको व्यापार तथा लगानी अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल चेम्वर अफ कमर्स र नेशनल चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज विच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । समझदारीले दुई देश विचको आर्थिक सम्वन्ध अझ सुदृढ हुने चेम्वरको विश्वास रहेको छ ।