Logo

अर्थसमितिमा सांसदको प्रश्न : चन्द्रागिरी, आँखुखोला र दिव्यश्वरीको मूल्य किन यति धेरै बढ्यो ?

अर्थसमितिमा सांसदको प्रश्न : चन्द्रागिरी, आँखुखोला र दिव्यश्वरीको मूल्य किन यति धेरै बढ्यो ?



काठमाण्डौ । अर्थ समितिमा सांसदहरुले सूचीकृत कम्पनीहरुकोे नामै तोकेर त्यसको बढ्दो मूल्यप्रति आपत्ति जनाएका छन् । अर्थसमितिमा बोल्ने क्रममा नेकपा समाजबादीका सांसद मेटमणी चौधरीले कमजोर अवस्थाका कम्पनीको मूल्य अनावश्यक रुपमा बढाइएको भन्दै चासो व्यक्त गरेका छन् ।

उनले चन्द्रागिरी हिल्स, आँखुखोला जलविद्युत कम्पनी, दिव्यश्वरी हाइड्रोलगायतका कम्पनीहरुको नामै तोकेर त्यस्ता कम्पनीको सेयर मूल्यमा अस्वभाविक मूल्य वृद्धि भएको बताएका हुन् साथै उनले सेयर बजारमा इन्साइडर ट्रेडिङ र चलेखल भइरहेको भन्दै इन्साइडर ट्रेडिङकै कारण बजार अस्वभाविक रुपमा उचालिएको समेत बताएका छन् ।

‘बजारमा बुक भ्यालू, नेटवर्थ धेरै नै कम हुँदा हुँदै पनि सेयर मूल्य किन बढ्यो ? वास्तविक भ्यालु एउटा र सेयरको भ्यालू किन फरक पर्न गयो ? यसलाई धितोपत्र बोर्डले अनुगमन गर्नुपर्दछ,’ उनले भने, ‘जसरी बुक भ्यालु कम भएका कम्पनीको मूल्य बढाइएको छ त्यसले प्रश्न खडा गरेको छ ।’

यसअघि सांसदमा बोल्ने क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले चन्द्रागिरी हिल्स, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सिएचडिसीलगायत कम्पनीमा इन्साईटर गरेर सेयर मूल्य बढाइएको भन्दै त्यसको अनुगमन गर्न माग गरेका थिए ।

समितिका बोल्ने क्रममा पछिल्लो समय घाटामा रहेका र सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका सिमेन्ट कम्पनीहरुको मूल्यमा समेत अस्वभाविक रुपमा चलखेल भएको भन्दै प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL