Logo

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिश, सहसचिवको नेतृत्वमा खोल्न सुझाव

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिश, सहसचिवको नेतृत्वमा खोल्न सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले ७ ओटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिश गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित सो समितिले शुक्रवार शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो ।

कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा मानिएको सो नयाँ कानूनले १२ कक्षाको परीक्षालाई सो तहको अन्तिम परीक्षाका रूपमा सञ्चालन गर्ने जिम्मा बोर्डलाई दिएको छ भने पूर्ववत् कक्षा १० को प्रवेशिका परीक्षाको व्यवस्था हटेको छ ।

समितिका संयोजक सहसचिव डा डिल्लीराम रिमालले तीनओटै निकायको सङ्गठन तथा व्यवस्थापन सर्भे कार्य सम्पन्न गरेर प्रतिवेदन तयार गरिएको बताए ।
बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुनेछ । कक्षा ११ र १२ को पाठ्यक्रम पुनःव्यवस्थापन भएपछि बोर्डले पूर्णरूपमा परीक्षा सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्