Logo

सुनको मूल्य ३ सयले बढ्यो, चाँदीको भाउ ओरालो

सुनको मूल्य ३ सयले बढ्यो, चाँदीको भाउ ओरालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला १७ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १६ सय ९० रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्