Logo

बढ्दो सेयर बजारप्रति अर्थ समितिको अनावश्यक चासो, कारोबार समयमा बैठक राखेर बजारलाई प्रभावित बनाउँदै

बढ्दो सेयर बजारप्रति अर्थ समितिको अनावश्यक चासो, कारोबार समयमा बैठक राखेर बजारलाई प्रभावित बनाउँदै



काठमाडौं । नयाँ सरकार गठनसँगै उकालो यात्रा तय गरेको सेयर बजारलाई प्रभावित बनाउन स्वार्थ समूहहरु सक्रिय हुन थालेका छन् । सोमबार पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महत र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सेयर बजार घटाउन लागि परेका स्वार्थ समूहका एजेण्डालाई संसदको रोष्टम प्रयोग गरेर बोल्दा मंगलबार १४५ अंकको गिरावट आयो । तर, उक्त घटाई एक दिनपनि टिक्न सकेन र बुधबार बजार १०८ अंकले बढ्न पुग्यो ।

संसदमा दुई सांसदहरुले पुँजी बजारको विषयमा छानविन गर्नुपर्ने, अहिलेको बढाई अप्राकृतिक भएको, कम्पनीको स्क्रिप्ट र व्यक्ति नै तोकेर गलत अभिव्यक्ति दिएसँगै घटेको बजार त्यसको भोलिपल्ट पुनः बढेसँगै अहिले विचौलियाको प्रभावमा सिंगो अर्थ समिति नै परेको देखिन्छ । सोहीअनुसार बुधबार पुन उच्च अंकले बजार बढेसँगै बिहीबार (आज) नै ‘नेपालको पुँजी बजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छललफल’ भन्दै बैठक राखेको छ ।

सोमबार नेपाली कांग्रेसका प्रवक्ता समेत रहेको पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदबाटै अहिलेको सेयर बजारको बढाई अप्राकृतिक रहेको भन्दै अभिव्यक्ति दिनु र बुधबार नै नेपाली कांग्रेसबाट अर्थ समितिका सभापतिको जिम्मेवारी निभाईरहेको सन्तोष चालिसेले अहिलेको बढ्दो पुँजी बजारको विषयमा छलफल गर्न बैठक राख्नुनले स्वार्थ समुहले सहिलेको पुँजी बजार घटाउन संसदको रोष्टम र अर्थ समिति जस्तो महत्वपूर्ण निकायलाई आफ्नो प्रभावमा पारेको स्पष्ट देखिन्छ ।

पछिल्लो समय लगानीकर्तामा देखिएको आत्मविश्वास र नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेस सम्मिलित दुई तिहाईको सरकारका कारण पुँजी बजारप्रति लगानीकर्ताहरु सकारात्मक हुन थालेका छन् । कुनै समय दैनिक १ अर्ब समेत कारोबार नभएको नेपाली सेयर बजारमा अहिले दैनिक कारोबार रकम बढेर २४ अर्ब रुपैयाँसम्म पुगिसकेको छ । देशको खस्किदो अर्थतन्त्र र नेपाली युवाहरु विदेश पलायन भैरहेको अवस्थामा लगानीकर्ताको आत्मबल बढाउनुपर्ने अवस्थामा विभिन्न बहानामा पुँजी बजारलाई गिजोल्ने काम ठीक नभएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै समितिले कारोबार समयमै पुँजी बजारकै विषयमा छलफलका लागि भन्दै बैठक राख्दा बजार प्रभावित हुने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यसैगरी अर्थ समितिको सभापति चालिसेले भने अहिलेको सेयर बजारको विषयमा समितिले विस्तृत जानकारी लिएर थप सुधार गर्नका लागि सम्बन्धित निकायलाई छलफलमा बोलाइएको बताउँछन् । ‘अहिलेको पुँजी बजारको स्थिती के हो ? यसलाई सुधारमा गर्न के गर्ने भन्ने विषयमा छलफल बोलाइएको हो,’ उनले भने, ‘सकारात्मक सन्देश दिनका लागि हामीले विस्तृत छलफल गराउन लागेका हौं । यो बढ्यो राम्रो होइन त्यसलाई रोक्न पर्यो भन्नेमा हाम्रो चासो रहँदैन ।’

तर, अहिलेको उतारचढाव ठीक छ कि छैन, यो बढाई कृतिम हो कि प्राकृतिक हो ? यसलाई इन्साईडर गरेर समिति व्यक्तिले मात्र कमाउने र कयौं सोझा लगानीकर्ता नफसुन भन्नेमा समितिको चासो रहने उनको तर्क छ । ‘कतिपय अवस्थामा अनावश्यक रुपमा मूल्य उचालेर सोझा लगानीकर्तालाई जालमा हाल्ने काम पनि भएको छ,’ उनले भने, ‘हाम्रो चासो सीमित टाठाबाढाले मात्रै कमाउने होइन बजारबाट सबैले लाभ लिनुपर्छ भन्नेमा रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL