Logo

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको पोष्टमार्टम आज, आजै आफन्त र सम्बन्धित निकायलाई बुझाइने

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको पोष्टमार्टम आज, आजै आफन्त र सम्बन्धित निकायलाई बुझाइने



काठमाडौं । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको पोष्टमार्टम आज (बिहीबार) देखि शुरु हुँदैछ । मृतकको पोष्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने तयारी रहेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको जनाएको छ । दुर्घटनामा परी पाइलट अरुण मल्ल, चिनियाँ नागरिक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीय वु यीयाओ रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधवार दिउँसो १ः५४ बजे रसुवाको स्याँफ्रुबेसीका लागि उडेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL