Logo

सरकारद्धारा हेलिकोप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय आयोग गठन

सरकारद्धारा हेलिकोप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय आयोग गठन



काठमाडौं । सरकारले बुधबार दिउँसो भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

दुर्घटनापछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा बुधबार पाइलटसहित पाँच जनाको ज्यान गएको थियो । काठमाडौंबाट रसुवाको स्याफ्रबेसीतर्फ उडेको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए । हेलिकोप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL