Logo

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : मृत्तकको संख्या पाँच पुग्यो, चार चिनियाँ यात्रु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : मृत्तकको संख्या पाँच पुग्यो, चार चिनियाँ यात्रु



काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित पाँच जनाको शव निकालिएको छ ।

हेलिकप्टर पाइलट अरुण मल्ल बाहेक अरु चार जना चिनियाँ नागरिक हुन् । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले जानकारी दिएका छन् । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL