Logo

यी हुन् दूर्घटनाग्रस्त हेलिकप्टरमा सवार ५ जना, ४ जनाको शव भेटियो

यी हुन् दूर्घटनाग्रस्त हेलिकप्टरमा सवार ५ जना, ४ जनाको शव भेटियो



काठमाडौं । रसुवा जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटमा दूर्घटना भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर डाँडामा दुर्घटना भएको हो ।

उक्त हेलिकप्टरमा क्याप्टेनसहित ५ जना सवार रहेको पाईएको छ । स्रोतका अनुसार उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL