Logo

सेयर बजार एकै दिन बाउन्स ब्याक, १०८ अंकले बढ्दा १८ अर्बको कारोबार

सेयर बजार एकै दिन बाउन्स ब्याक, १०८ अंकले बढ्दा १८ अर्बको कारोबार



काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज उच्च अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातमा तिव्र उत्तारचढाव भएको सेयर बजार दिउँसो साढे ११ बजेपछि सम्हालिँदै लगातार उकालो लाग्दा अन्तिम समयसम्म १०८.३५ अंकले बढेर २७ सय ५९ को विन्दुमा पुगर रोकिएको हो ।

मंगलबार १४५ अंकले घटेको बजार बुधबार बाउन्स ब्याक हुँदै १०८ अंकले बढ्न पुगेको हो । आज बजारमा कारोबारमा आएका ३ सय ३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार बढी कित्ता सेयर किनबेच भयो । जसमा १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा सबै समुहको परिसुचक उकालो लाग्दा २ सय ३९ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । त्यसमध्ये पनि ११ कम्पनीको सेयर कारोबार सर्किट लेभलमा पुगेको छ । आज सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ५५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

यस्तै आज नेपाल फाईनान्स लिमिटेडको ६५ करोड ५५ लाख, सानिमा माई हाइड्रोपावरको ५५ करोड ७३ लाख र शिवम सिमेन्टको ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL