Logo

पत्रकार सञ्जय न्यौपानेको निधन, आर्थिक पत्रकारितमा अपुरणीय क्षति

पत्रकार सञ्जय न्यौपानेको निधन, आर्थिक पत्रकारितमा अपुरणीय क्षति


बिजखबर संवाददाता
0
Shares

दुई दशकदेखि आर्थिक पत्रकारीतामा क्रियाशिल पत्रकार सञ्जय न्यौपानेको निधन भएको छ । कारोवार दैनिकका पूर्व सम्पादक न्यौपानेको उपचारको क्रममा शनिवार ललिपुरमा निधन भएको छ ।
४४ वर्षिय न्यौपाने २०७० असारदेखि २०७२ चैतसम्म कारोवार दैनिकमा सम्पादक थिए । त्यसअघि उनी कान्तिपुर दैनिकमा कार्यरत थिए । स्वर्गिय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए ।
न्यौपानको निधनले नेपालको आर्थिक पत्रकारितमा अपुरणीय क्षती पुगेको छ । स्वर्गीय न्यौपानेको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।

बिज मिडिया प्रालि तथा बिजखबर डटकम स्वर्गीय न्यौपानेप्रति हार्दिक श्रदाञ्जली अपर्ण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्