Logo

सुनको मूल्यमा १४ सयको गिरावट, चाँदीको मूल्य पनि ओरालो

सुनको मूल्यमा १४ सयको गिरावट, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४६ हजार ३ सयमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १७ सय १० मा झरेको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्