Logo

लगानी सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली नेपालमा, महासंघ प्रतिनिधिसँग छलफल

लगानी सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली नेपालमा, महासंघ प्रतिनिधिसँग छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । लगानीको वातावरण तथा अवसरबारे छलफल गर्न चिनियाँ प्रतिनिधि मण्डल नेपाल आएको छ । लगानीको वातावरण वारे जानकारी लिने उद्देश्यले नेपालको साताव्यापी भ्रमणमा रहेको सो टोलीले हिजो नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भेट तथा छलफल गरेको छ ।

चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको टोली नेपाल आएको थियो । उनको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले महासंघसँग जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात÷निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे छलफल महासंघले जानकारी दिएको छ ।

सो छलफलमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान,े बैंकिङ समितिका सभापति शङ्कप्रसाद पाण्डेलगायत व्यवसायीको उपस्थिती रहेको थियो । छलफलमा महासंघले चिनियाँ टोलीलाई ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार निर्माणका क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्