Logo

सेयर कारोबारमा नयाँ रेकर्ड, संसदमा नकारात्मक टिप्पणीले बजारमा उच्च अंकको गिरावट

सेयर कारोबारमा नयाँ रेकर्ड, संसदमा नकारात्मक टिप्पणीले बजारमा उच्च अंकको गिरावट



काठमाडौं । सेयर बजारले पुन नयाँ रेकर्ड कायम गरेको छ । बजारमा हालसम्मै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम गरेको हो ।

मंगलबार सेयर बजारमा २३ अर्ब ७१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा ३०४ कम्पनीको ५ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

बजारले कारोबार रकममा नयाँ रेकर्ड कायम गर्दा नेप्से परिसुचकमा भने उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार उकालो लागेको बजार आज (मंगलबार) १४५ अंकले घट्न पुगेको छ ।

उच्च अंकले घटेको बजारमा २७३ कम्पनीका लगानीकर्ताले गुमाउन पुगेका छन् । जसमध्ये ७ कम्पनीमा नकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीका लगानीकर्ताको सम्पती ९ प्रतिशतभन्दा बढीले घट्न पुगेको छ ।

तर उच्च अंकले घटेको बजारमा २ कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । मंगलबार थ्रीस्टार सहित २ कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।

पछिल्लो समय बढिरहेको बजारमा सांसदहरुले नै स्वार्थ समुहको आडमा संसदबाटै बढ्दो पुँजी बजारलाई घटाउनुपर्ने भन्दै नकारात्मक टिप्पणी गरेपछि बजारमा नकारात्मक प्रभाव पर्न गएको छ । सांसदहरुले संसद भवनमा बजारमा बारेमा अनावश्यक टिकाटिप्पणी गरेपछि लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर पर्दा बजार घट्न पुगेको सम्बद्ध लगानीकर्ताहरुले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL