Logo

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य मंगलबार पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४७ हजार ७ सयमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ । यसअघि सोमबार प्रतितोला १७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १७ सय २५ मा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्