Logo

‘हेम बहादुर मल्ल सम्मान २०७९’ भेष बहादुर थापाले पाउने

‘हेम बहादुर मल्ल सम्मान २०७९’ भेष बहादुर थापाले पाउने



काठमाडौं । हेम बहादुर मल्ल सम्मान २०७९ डा. भेषबहादुर थापाले पाउने भएका छन् । नेपाल जन प्रशासन संघले सार्वजनिक वितरण क्षेक्षको अग्रणी संस्था साल्ट ट्रेडिङ कर्पाेरेशनको सौजन्यमा संस्थाका अध्यक्ष स्वर्गिय हेमबहादुर मल्लको स्मृतिमा २ लाख राशीको पुरस्कारसहितको सम्मान थापालाई दिने निर्णय गरेको हो ।

उक्त सम्मान प्रत्येक बर्ष वितरण गर्ने गरिएको छ । थापाले ५ दशकसम्म निरन्तरण सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको संघको ठहर छ । उक्त सम्मानबाट सम्मानीत हुने भेषबहादुर थापा २० औं व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL