Logo

औद्योगिक क्षेत्रका सम्भाव्यता अध्ययन शुरु, प्रदेश नं २ र ४का१ हजार २ सय रोपनी जमिन उपयुक्त

औद्योगिक क्षेत्रका सम्भाव्यता अध्ययन शुरु, प्रदेश नं २ र ४का१ हजार २ सय रोपनी जमिन उपयुक्त


बिजखबर संवाददाता
0
Shares

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’ निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । मुलुकमा औद्योगिक विकास गर्ने उद्दश्यले उपयुक्त स्थानको पहिचानको अध्ययन शुरु गरिएको बताइएको छ । जसअनुसार प्रदेश नं २ अन्तर्गत सर्लाहीको मूर्तिया क्षेत्र, प्रदेश नं ४ अन्तर्गत गोरखाको पालुङ्टार, च्याङ्लीफाँटमा १ हजार २ सय रोपनी जमिन उपयुक्त देखिएको छ ।

त्यस्तै प्रदेश नं ६ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा १ हजार बिघा जमिन पाइएको छ । औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा उपलब्ध गराई औद्योगिकग्राम स्थापना गरिने छ । साथै सम्बन्धित प्रदेशका लागि आवश्यक वस्तु उत्पादन तथा सम्भावित उद्योग स्थापनाका लागि ल्याइएको ‘एक प्रदेश एक औद्योगिक क्षेत्र’को नीति महत्वपूर्ण भएको लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए ।

उनले देशभित्र स्थापना गरिएका औद्योगिक क्षेत्रको व्यवस्थापन पक्षलाई व्यवस्थित र एकीकृत रुपमा समन्वय र सम्पादन गर्न सो लिमिटेडले आवश्यक भूमिका निर्वाह गर्ने बताए । बाँकी प्रदेशमा पनि चाँडो पूर्वाधारको विकासका लागि जमिनको खोजी तथा सम्भाव्यता अध्ययन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्