Logo

प्रतितोला डेढ लाख पुग्यो सुनको मूल्य, हालसम्मकै उच्च

प्रतितोला डेढ लाख पुग्यो सुनको मूल्य, हालसम्मकै उच्च



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार (डेढ लाख) पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार पुगेको हो । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि आईतबार प्रतितोला १७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

विश्व बजारमा आज सुन प्रति औंस २४ सय ५३ डलरको आसपासमा कारोबार भईरहेको छ । एक दिनमै विश्व बजारमा सुनको मूल्य प्रतिऔंस करिव १५ डलरले बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्