Logo

भारतीय राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन, मञ्जुश्रीको मूर्ति उपहार

भारतीय राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन, मञ्जुश्रीको मूर्ति उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । काठमाडौं महानगरपालिकाले विहीबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी मुखर्जीलाई अभिनन्दन गरिएको हो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले महानगरको साँचो राष्ट्रपति मुखर्जीलाई हस्तान्तरण गरे । राष्ट्रपति मुखर्जीलाई अभिनन्दन पत्र, कलात्मक काठको झ्याल र मञ्जुश्रीको मूर्ति पनि प्रदान गरिएको हो ।

सो अवसरमा राष्ट्रपती मुखर्जीले नेपाल र भारतको मित्रतालाई अझ प्रगाढ पार्नु भ्रमणको उद्देश्य रहेको बताए । ‘नेपाल र भारत मात्र दुई राष्ट्र हो जुन सास्कृतिक रुपमा समान छ ’ उनले भने । त्यस्तै साथै पहिलाको भ्रमण भन्दा धेरै विकसित भइसकेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्