Logo

स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले आयोजना गर्याे निःशुल्क स्वास्थ्य शिविर, ४५० जना लाभान्वित

स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले आयोजना गर्याे निःशुल्क स्वास्थ्य शिविर, ४५० जना लाभान्वित



काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाको समन्वयमा साउन १९ गते शनिवार १ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

विहान ९ः३० बजे देखि सुरु भएको उक्त स्वास्थ्य सिविरमा कृष्णनगरलगायत आसपासबाट आएका करिव ४५० जना विरामीहरुले आफ्नो स्वास्थ्य जाँच गराएको छन् । १ दिन संचालन भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परिक्षण, अल्ट्रासाउन्ड परिक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोग लगायतको रोगहरुको निःशुल्क जाँच, परिक्षण तथा निःशुल्क औषधी वितरण समेत गरेको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगहरुको जाँच गराएका विरामीहरुले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेजले विशेष छुट तथा सहुलियत दरमा विरामी उपचार समेत गर्ने ट्रष्ट का अध्यक्ष गोयलले बताए ।
यसअघि समेत निःशुल्क स्वास्थ्य सिविर, राहत वितरण, शैक्षिक सामाग्री वितरण, बृक्षारोपण लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको स्व. बक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्