Logo

बालेन लक्षित विद्यासुन्दरको टिप्पणी : हैसियतअनुसार काम नगर्दा महानगरको स्तर खस्किँयो

बालेन लक्षित विद्यासुन्दरको टिप्पणी : हैसियतअनुसार काम नगर्दा महानगरको स्तर खस्किँयो



काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा महानगर प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै उनले धरहरा भत्काई दिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिनु वाञ्छनीय नहुने बताएका हुन् । उनले अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताए ।

शाक्यले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा काम गरेको दावी समेत गरेका छन् । उनले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९औं स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७औं स्थानमा पुगेको जिकिर गरे । ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरुलाई दिने गर्छन् । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिकाभन्दा देशभरका सम्पूर्ण मेयर÷उपमेयरलाई तल राख्ने काम गरको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ,’ उनले भने ।

पूर्व मेयर शाक्यले स्थानीयको इच्छा विपरित कामनपाले काम गरिरहेको बताएका छन् । उनले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए । उनले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताए । उनले नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताए ।

उनले नगर प्रहरी अनावश्यक रूपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गरे । उनले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्नेकुरा सुन्न आतुर रहेको बताए । शाक्यले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने बताए । सत्तामा भएकाहरू आफू रमाउनको लागि नभई भविष्यको पुस्ताको खुसीका लागि लाग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL