Logo

भारतीय राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन, महानगरको साँचो उपहार

भारतीय राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन, महानगरको साँचो उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गर्ने भएको छ । महानगरपालिकाले आज काठमाडौंको सभागृहमा एक कार्यक्रम गरी मा नागरिक अभिनन्दन गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाले महानगरबासीका तर्फबाट भारतीय राष्ट्रपति मुखर्जीलाई अभिनन्दन गर्न बताएको छ । साँझ ५ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा मुखर्जीलाई सम्मान गरिनेछ ।

मुखर्जीलाई प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले महानगरको साँचो हस्तान्तरण गर्ने बताइएको छ । महानगर उनको स्वागतका लागि सँधै तयार छ भन्ने भाव सहित साँचो हस्तान्तरण गर्न लागेको हो ।

त्यसैगरी मुखर्जीलाई नेपाली भाषामा तयार पारिएको अभिनन्दनपत्रले सम्मान प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्