Logo

लेखा समितिले भन्यो : विद्युत वक्यौताको २१ अर्व ८८ करोडकै प्रमाण सुरक्षित छ, सबै उठाउन सुक्ष्म छानविन भैरहेको छ

लेखा समितिले भन्यो : विद्युत वक्यौताको २१ अर्व ८८ करोडकै प्रमाण सुरक्षित छ, सबै उठाउन सुक्ष्म छानविन भैरहेको छ



काठमाडौं । पछिल्लो समय निकै विवदित बनेको विद्युत वक्यौताका सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सुक्ष्मरुपमा छानविन गरिरहेको छ । लेखासमिति सभापति ऋषिकेश पोखरेलले वक्यौताको २१ अर्व ८८ करोडकै प्रमाण सुरक्षित रहेको भन्दै सबै वक्यौता उठाउन सुक्ष्म छानविन भैरहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा एक पोष्टमार्फत यस अघि प्रचन्ड सरकारले २१ अर्व ८८ करोडबाट घटाएर ८ अर्व ४० करोडको मात्रै बिल जारी गरेको उल्लेख गर्दै के कारणले वक्यौता घटाएको हो त्यसको समेत छानविन गर्ने भएको बताएका छन् । ‘प्राधिकरणले २१ अर्व ८८ करोडबाट घटाएर किन ८ अर्व ४० करोडमा झार्यो अनि प्राधिकरणले तत्कालीन समयमा के कारणले सबै बिलको डिटेल राखेन सोसम्बधमा छानविन गरिरहेका छौं,’ पोखरेलले भनेका छन् ।

शक्रबार डेडिकेटेड तथा ट्रंक लाइनको महशुल विवादका सम्बन्धनमा सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग टाइम अफ डे (टीओडी) मिटरको रेडर्क माग गरेको थियो । समितिको शुक्रबारको बैठकले प्राधिकरणबाट टीओडी मिटरको रेकर्ड झिकाउने निर्णय गरेको हो ।

शुक्रबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, विद्युत नियमन आयोगका पदाधिकारी र उद्योगीसहित लेखा समितिको बैठक बसेको थियो । उक्त बैठकमा उद्योगीहरुले प्राधिकरणले टीओडी डेटा देखाए आफूहरु महशुल बुझाउन तयार रहेको बताएका थिए । तर, कुलमान घिसिङले भने टीओडी मिटरको विषय नबोली अरु नै कुरा राखेका थिए ।

यसपछि समितिका सभापति ऋषीकेश पोखरेलले प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक माग गर्ने र उक्त तथ्यांक प्राप्त भएपछि त्यसका आधारमा ५ दिनमा प्रतिवेदन तयार पार्ने निर्णय गरेका थिए । पोखरेलका अनुसार अर्को बैठकबाट उद्योगी र प्राधिकरणबीचको विवाद सुल्झाउने गरी समितिबाट आवश्यक निर्णय हुनेछ । यसैबीच पछिल्लो समय वक्यौताको विषयमा समितिमाथि अनावश्यक टिका टिप्पणी भएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL