Logo

शैक्षिक क्षेत्रका लागि एडिबीको १२ अर्व ऋण सहयोग, माध्यमिक शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य

शैक्षिक क्षेत्रका लागि एडिबीको १२ अर्व ऋण सहयोग, माध्यमिक शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले रू. १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । एडिवीले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्नसो सहयोग घोषणा गरेको हो ।

बैंकले उक्त ऋणमध्ये रू. ५ करोड अनुदान स्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले बताएको छ ।

नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न उपलब्ध गराइने उक्त ऋण र अनुदान २ सय ओटा नमुना विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ । साथै, ती नमूना विद्यालय भवन विपद जोखिम सामना गर्नसक्ने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्