Logo

सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो १ लाख ५० हजार नजिक

सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो १ लाख ५० हजार नजिक



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घट्दै प्रतितोला १७ सय ९५ रुपैयाँमा झरेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्