Logo

माथिल्लो मादीको ९९ प्रतिशत काम सम्पन्न, कात्तिकको अन्तिममा परीक्षण उत्पादन

माथिल्लो मादीको ९९ प्रतिशत काम सम्पन्न, कात्तिकको अन्तिममा परीक्षण उत्पादन


बिजखबर संवाददाता
0
Shares

पोखरा । निर्माणाधिन माथिल्लो मादी जलविद्युत आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । कास्की जिल्लाको सिल्दुजुरे गाविस स्थित बाहुन डाँडामा बन्न लागेको सो जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

२५ मेगावाट क्षमताको सो आयोजना यहि कात्तिकको अन्तिमसम्ममा परिक्षण उत्पादन शुरु गरिने आयोजनाले जानकारी दिएको छ । हाल निर्माण कार्य लगभग सकिएको र परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले बताए ।

विद्युत् गृहबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तथा लेखनाथमा निर्माण गरिएको सव–स्टेसनमा जोडिएका उपकरणको समेत परीक्षण गरिने उनले जानकारी दिए ।

आयोजनाको ४ हजार २ मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम समेत सकिएको छ । उक्त आयोजनाको लागत करिब ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ । २०६९ पुसबाट आयोजना निर्माण सुरु गरिएको थियो । परीक्षण उत्पादनपछि एक महिनासम्ममा मर्मत गर्ने र मङ्सिर अन्तिमदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ /रासस

प्रतिक्रिया दिनुहोस्