काठमाडौं । लगातारको विदाको कारण काडमाडौंमा पेट्रोल अभाव भएको छ । विदाका कारण नेपाल आयल निगमले पेट्रोल वितरण नगरेपछि बजारमा अभाव भएको हो ।
भण्डारमा पेट्रोल भएपनि निगमले वितरण नगरेपछि राजधानीका अधिकांश पेट्रोल पम्प बन्द रहेका छन् । आयल निगमले भने तिहारको विदामा थानकोट डिपोबाट तेल वितरण नगरेको जानकारी दिएको छ ।
तिहारको समयमा काठमाडौं तथा आसपासका पम्पहरु बन्द नै थिए । बजारमा पेट्रोल अभाव हुँदा पनि निगमले भने समस्या समाधानका लागि कुनै पहल चालेको छैन । तिहारको विदा सकिएपनि निगमले सहज रुपमा पेट्रोल वितरण गर्न सकेको छैन ।
उपत्यकामा दैनिक साढे ४ लाख लिटर पेट्रोल माग हुँदै आएको छ । तर ४ दिनमा निगमले ३ लाख लिटर पेट्रलमात्र बजार पठाएको जानकारी दिएको छ । सो तेल पनि निगमले आजमात्र बजारमा पठाएको हो । निगमले विदाको समयमा बजारमा पेट्रोल नपठाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।