Logo

यसरी विताउँदैछन् मुखर्जीले नेपालमा तीन दिन, विहीबार विहान पशुपतिको पुजा

यसरी विताउँदैछन् मुखर्जीले नेपालमा तीन दिन, विहीबार विहान पशुपतिको पुजा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तीन दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी विहीबार पशुपति नाथको दर्शन गर्न जाने भएका छन् । उनले विहान पशुपतिमा पुजाआर्चना गर्ने छन् ।

बुधबार करिव साढे १२ बजे काठमाडौं ओर्लिएका मुखर्जी अहिले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शितल निवासमा भेटवार्तामा व्यवस्थ छन् । मुखर्जी केही वेरमै हायात होटलमा मा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छुट्टाछुट्टै शिष्टाचार भेटवार्तामा व्यस्त रहने छन् भने साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागि जनाउने छन् ।

यसैगरी दोस्रो दिन पशुपतिनाथको पुजाअर्चना सकेर आर्मी अफिसर्स क्लवमा काठमाडौं विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम सहभागी हुने छन् । साथै विहीबारनै काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी भई इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा समेत सहभातिता जनाउने छन् । मुखर्जीले विहीबार नै होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरी साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले दिने रात्री भोजमा द्वारिका होटलमा जाने छन् ।

भ्रमणको अन्तिम दिन मुखर्जी जनकपुर जाने कार्यक्रम रहेको छ । जनकपुरमा जानकी मन्दिरको पुजाअर्चना गरी नागरिक अभिनन्दन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उनी जनकपुरबाट पोखरा प्रस्थान गर्ने छन् । उनले पोखरामा भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी १९ गते साँझ पोखराबाट काठमाडौं आएर भारत फर्कन कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL