Logo

मुखमा टेप टाँसेर रत्नपार्क क्षेत्रमा सहकारी पीडितहरुको प्रदर्शन

मुखमा टेप टाँसेर रत्नपार्क क्षेत्रमा सहकारी पीडितहरुको प्रदर्शन



काठमाडौं । आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै देशभरका सहकारी पीडितहरूले आज (बिहीबार) काठमाडौंमा मुखमा कालोटेप टाँसेर विरोध प्रदर्शन गरेका छन् । देशभरबाट आएका सहकारी पीडितहरूले मानव साङ्लो बनाएर काठमाडौंको सडकमा मार्चपास गरेका हुन् ।

सहकारीमा समस्या समाधानका लागि भएको सहमति ६५ दिन पुग्दा पनि कार्यान्वयन भएको भन्दै सहकारी पीडितहरूले मानव साङ्लो बनाए विरोध गरेका हुन् । सहकारी बचत संरक्षण राष्ट्रिय अभियानले रत्नपार्कबाट मानव साङ्लो बनाउँदै पीडितहरूलाई सडकमा उतारेको हो ।

सहकारी पीडितहरूले माइतघीर हुँदै काठमाडौंको टुँडिखेल क्षेत्रमा मानव साङ्लो बनाएर प्रदर्शन गर्दै सरकारलाई दबाब दिएका हुन् । उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL