Logo

जुलाईमा नेपाल भित्रिए ६४ हजार विदेशी पर्यटक, कुन क्षेत्रबाट कति ?

जुलाईमा नेपाल भित्रिए ६४ हजार विदेशी पर्यटक, कुन क्षेत्रबाट कति ?



काठमाडौं । नेपालमा गएको जुलाई महिनामा विभिन्न देशबाट ६४ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाईमा मात्रै ६३ हजार ५ सय ९९ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

यस अवधिमा नेपालमा सबैभन्दा बढी पर्यटक सार्क क्षेत्रबाट आएका छन् । अध्यागमन विभागका अनुसार जुलाईमा आएका पर्यटकमध्ये सार्क राष्ट्रहरुबाट ४२ प्रतिशत अर्थात २७ हजार पर्यटक नेपाल आएका हुन् ।

यस्तै यसै अवधिमा एशियाका अन्य देशहरुबाट भने १८.४ प्रतिशत अर्थात ११ हजार ९ सय जना पर्यटक नेपाल आएका छन् । यसैगरी युरोपबाट ९ हजार दुई सय, ओसेनियाबाट २ हजार, अमेरिकाबाट ८ हजार, मध्यपूर्वी मुलुकहरुबाट ४ सय जना र अन्य मुलुकहरुबाट ४ हजार ८ सय जना पर्यटक नपाल भित्रिएका छन् ।

गएको जुलाईमा भित्रिएका पर्यटक गत बर्षको यहि अवधिको तुलनामा केहि बढी हो । गत बर्षको जुलाईमा नेपालमा ५७ हजार ७ सय जना पर्यटक आएका थिए । चालु बर्षको जुलाईमा आएका पर्यटकहरुमध्ये भारतबाट सबैभन्दा बढी २१ हजार ४ सय, अमेरिकाबाट ७ हजार, चीनबाट ६ हजार, बेलायतबाट ३ हजार र बंगलादेशबाट पनि ३ हजार जना पर्यटक नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL