काठमाडौं । आर्थिक वर्ष २०८०/८१ झापामा १ हजार १ सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६ सय २९ र वाणिज्यतर्फ ४ सय ८१ फर्म दर्ता भएका हुन् ।
उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार २ सय ८८ उद्योग खारेज हुँदा १ हजार ७ सय ८ उद्योगले नवीकरण गरेका छन् ।
गत आवमा २ सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी ३ अर्ब २८ करोड रुपैयाँले बढेको थियो । वाणिज्यतर्फ २ सय ७८ फर्मले पुँजी वृद्धि गर्दा ५ अर्ब १ करोड १० लाख ५० हजार भएको छ ।
उक्त कार्यालयले गत आवमा २ करोड ६८ लाख ९० हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ । आव २०७९/८० मा १ करोड ८० लाख ६ हजार रुपैयाँ संकलन भएको थियो ।