Logo

काठमाडौं आइपुगे भारतीय राष्ट्रपति मुखर्जी, तीन दिने राजकीय भ्रमणमा व्यस्त

काठमाडौं आइपुगे भारतीय राष्ट्रपति मुखर्जी, तीन दिने राजकीय भ्रमणमा व्यस्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आइपुगेका छन् । मुखर्जी तीन दिने राजकीय भ्रमणका लागि बुधबार नेपाल आएका हुन् ।

मुखर्जीको स्वागतका लागि राष्ट्रपति विद्या भण्डारी आफै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गएकी छिन् । उनले अति विशिष्ट कक्षमा मुखर्जीलाई स्वागत गरेकी हुन् ।

मुखर्जीको स्वागतका लागि भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन, र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि अतिविशिष्ट कक्षमा गएका थिए । यसैगरी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायतका मन्त्रीहरु पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए ।

१८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । मुखर्जीको सुरक्षका लागि भारतीय कमाण्डोको विशेष टोली पनि नेपाल आएको छ ।

प्रतिक्रिया दिनुहोस्