Logo

सुनको मूल्य पुनः किर्तिमान नजिक, एकैदिन १६ सयको वृद्धि

सुनको मूल्य पुनः किर्तिमान नजिक, एकैदिन १६ सयको वृद्धि



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य किर्तिमान मूल्यनजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ्दै १ लाख ४९ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढ्दै प्रतितोला १८ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्