Logo

गोदावरी मेलामा अवलोकनकर्ताको घुँइचो, १५ लाखको कारोवार

गोदावरी मेलामा अवलोकनकर्ताको घुँइचो, १५ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोदावरी मेलाको दोस्रो दिनसम्म १५ लाख बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष तथा मेला संयोजक रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिए। नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोशिएसन नेपालले आयोजना गरेको मेलामा दर्शकको घुइँचो लागेको हो ।

जावलाखेल खेल मैदानमा ४ दिन सम्म चल्ने १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीका सहभागी पुष्पब्य वसायीहरु कारोबारबाट उत्साहित बनेका छन् ।

प्रतिशपर्धामा प्रथम बनेको सम्झाना नर्सरीका संचालक तिर्थबहादुर महर्जनले २ दिनमा भएको कारोबारबाट उत्साहित बनेको बताए । उनले गोदावरी फूलको माग अत्यधिक भएका कारण शुक्रबार केहि गाडी फूल मेला स्थानमा थप्ने जानकारी दिए । शनिबार कारोबार उच्च हुने र अन्तिम दिन छुट्टी परेकोले अबलोकनकर्ता र उपभोक्ताको भीड हुने बताए ।

यसैगरि टिटिआर बंगलामुखी नर्सरीका संचालक रुद्रकुमार सुनुवारले दैनिक ५० हजार भन्दा बढीको कारोबार गरिरहेको जानकारी दिए ।

मेलामा फलफूलका बिरुवाको कारोबार धेरै छ । दिपावली तथा छट पर्ब लक्षित गोदावरी मेलामा प्रतिशपर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल रहेका छन् ।

फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले मेलामा ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष रहेको बताए ।

आर्थिक बर्ष २०७२/७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यबसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्