Logo

पूर्व-पश्चिम राजमार्गको ढुङ्ग्रेखोलाको पुल बाढीले बगायो, यातायात ठप्प

पूर्व-पश्चिम राजमार्गको ढुङ्ग्रेखोलाको पुल बाढीले बगायो, यातायात ठप्प



काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबासबाट लगभग ७ किलोमिटर पश्चिम टुटेश्वर चोक नजिकैको ढुङ्ग्रेखोलाको पुल बाढीले बगाएको छ ।

रातिदेखि परेको अबिरल वर्षाका कारण खोलामा आएको बाढीले पुल बगाएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किएको छ । पुल बाढीले बगाएपछि अहिले सो राजमार्गमा यातायात ठप्प बनेको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ । माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL