Logo

भोजपुरमा बाढी : हाइड्रोमा कार्यरत दुई मजदुर बेपत्ता, एकको उद्धार

भोजपुरमा बाढी : हाइड्रोमा कार्यरत दुई मजदुर बेपत्ता, एकको उद्धार



काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले दुई जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत दुई जना कामदारलाई बगाए र बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राति १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका दुई कामदार हराएको इन्सेपेक्टर दिपक श्रेष्ठले बताए ।बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ ।

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL