Logo

दूर्घटना काबु बाहिरको बिषय हो, यो जानी जानी हुँदैन : वायुसेवा संचालक संघ

दूर्घटना काबु बाहिरको बिषय हो, यो जानी जानी हुँदैन : वायुसेवा संचालक संघ



काठमाडौं । नेपाल बायुसेवा संचालक संघले हवाई दूर्घटना जानी जानी नभएर काबु बाहिरको बिषय भएको बताएको छ । गत हप्ताको बुधबार मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाईन्सको जहाज दूर्घटनाप्रति नकारात्मक धारणा सार्वजनिक भएको बिषयमा ध्यानाकर्षण गराउँदै संघले यस्तो बताएको हो ।

संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै विमानस्थलमा दुर्घटना भई विमानमा सवार क्याप्टेन बाहेक अन्य सम्पूर्ण यात्रुहरुको दुःखद् निधन प्रति समवेदना व्यक्त गरेको छ ।

‘घटना÷दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरु व्यक्ति विशेष, कम्पनी लगायत नियमनकारी निकाय कसैले चाहेर पनि हुने होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कसैको नियन्त्रणमा नहुने हुदाँ दुर्घटनालाई आधार बनाई विभिन्न माध्यमहरुमा सदस्य वायुसेवा कम्पनीहरुको हवाई सुरक्षालाई तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिका प्रति गरेको टिकाटिप्पणीका सम्बन्धमा यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

संघले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले निदृष्ट गरेको प्रावधान अनुरुप यस वायुसेवा संचालक संघ, नेपाल, संघका सदस्य वायुसेवा कम्पनीहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेको उल्लेख गरेको छ ।

प्राधिकरणका प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त सुझावहरु अनुशरण गर्दै सदस्य वायुसेवा कम्पनीहरुले अक्षरस पालना गर्ने गरेको पनि संघले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL