Logo

हिजो २१ सचिवको सरुवा गरेका प्रधानमन्त्री ओलीले आज सचिवलाई निर्देशन दिने

हिजो २१ सचिवको सरुवा गरेका प्रधानमन्त्री ओलीले आज सचिवलाई निर्देशन दिने



काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने भएका छन्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए ।

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए । ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक यस प्रकारको बैठक भएको हो । सरकारले सोमबारमात्रै निजामती सेवाका २१ जना सचिव सरुवा गरेको थियो । यसैक्रममा आज सचिवहरुलाई प्रधानमन्त्रीले निर्देशन दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL