काठमाडौं । सरकारले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एकैपटक करिव दुई दर्जन सचिवहरुको सरुवा गरेको हो ।
मन्त्रिपरिषदका एक सदस्यका अनुसार सचिव सरुवा हुने क्रममा अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा. रामप्रसाद घिमिरेले पाएका छन् । यस्तै अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरे सरुवा भएका छन् ।
बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ ।
सचिव सरुवा
- अर्थ: रामप्रसाद घिमिरे
- अख्तियार: घनश्याम उपाध्याय
- राजश्व: दिनेश घिमिरे
- रक्षा:रामेश्वर दंगाल
- श्रम रोजगार तथा समाजिक सुरक्षा: मुकुन्द निरौला
- लोकसेवाः डिल्लीराम शर्मा
- सूचना तथा सञ्चारःराधिका अर्याल
- उपराष्ट्रपति कार्यालय: मधुकमार मरासिनी
- संघीय मामिला:भरत सुवेदी
- वित्त आयोगःकिरण राज शर्मा
- भौतिक पूर्वाधार: केशवकुमार शर्मा
- ऊर्जा : गोपालप्रसाद सिग्देल
- राष्ट्रपतिको कार्यालय: नारायण प्रसाद दुवाडी
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय: राजकुमार श्रेष्ठ
- वाणिज्यः मधुसुदन बुर्लाकोटी
- सार्वजनिक खरिद: रामकृष्ण सुवेदी
- नेपाल ट्रस्टः रामाधार शाह
- खानेपानीः प्रमीला देवी बज्राचार्य
- जल तथा ऊर्जा आयोगः सुरेश आचार्य
- राष्ट्रिय तथ्याङ्क कार्यालयः गोकर्णमणि दुवाडी
- भूमिः अर्जुनप्रसाद पोखरेल