Logo

तिहारमा बढी विजुली तान्ने उपकरण नजोड्न आग्रह, ‘हिटर, ओभन’ सकेसम्म प्रयोग नगरौ

तिहारमा बढी विजुली तान्ने उपकरण नजोड्न आग्रह, ‘हिटर, ओभन’ सकेसम्म प्रयोग नगरौ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलेतिहारका बेला बढी मात्रामा बिजुली खपत गर्ने उपकरणहरु नजोड्न आग्रह गरेको छ।

विद्युत उत्पादनमा वृद्धि हुन नसकेको र साँझको समयमा खपत बढ्दै गएको जनाउँदै प्राधिकरणले आम सर्वसाधारणलाई ठूला उपकरण जडान नगर्न आग्रह गरेको हो।

सकेसम्म हिटर, राइसकुकर, ओभन, आइरन, एसी, इण्डक्सन हिटर, वाटरपम्पजस्ता उपकरण प्रयोगमा नल्याउन प्राधिकरणले अनुरोध गरेको छ।

दीपावलीको समयमा लोडसेडिङ न्यूनीकरण गर्न प्राधिकरण प्रयासरत रहेको छ। एकैपटक अत्याधिक विद्युत खपत हुँदा ट्रान्सफर्मर तथा फिडर लाइनमा ओभरलोड हुन गई ट्रिप हुन सक्ने र आपूर्तिमा समेत अवरोध आउन सक्ने भन्दै प्राधिकरणले सर्वसाधारणको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्