Logo

किसानलाई सहुलियत हुने गरी सिँचाइ आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री खड्का

किसानलाई सहुलियत हुने गरी सिँचाइ आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री खड्का



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहुलियत हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताएका छन् । नवीनतम यान्त्रीक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा उनले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताएका हुन् ।

“छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसबारे अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ,” मन्त्री खड्काले भने । उनले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतको बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने बताए ।

सुरुआतमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहको २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिए । डिप ट्युवेल र प्रिपेड कार्ड सिस्टममार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले अगाडि बढाइएको उक्त आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ ।

उक्त आयोजना सम्पन्न भएमा किसानले सिँचाइका लागि एक हजार लिटर पानी रु तीन रुपैँयामा पाउनेछन् । उक्त आयोजनामा ७८ प्रतिशत एशियाली विकास बैँक र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL