Logo

गोरखामा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता, बेपत्ताहरुको नाम खुल्न बाँकी

गोरखामा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता, बेपत्ताहरुको नाम खुल्न बाँकी



काठमाडौँ । गोरखामा पहिरोले घर पुरिँदा एकै घरका पाँच जना बेपत्ता भएका छन् । गोरखाको उत्तरी धार्चे गाउँपालिका–५ सिङग्लामा गए राति पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले जानकारी दिए ।

आज बिहान ३ बजेतिर गएको पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा पाँच जना बेपत्ता भएको जानकारी दिंदै एसपी पाठकले भने, ‘दुई जनालाई गम्भीर घाइते अवस्थामा स्थानीयले उद्धार गरेका छन् ।’ घटनास्थलमा अझै प्रहरी पुगेको छैन । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनस्थलतिर जाँदैछन्,’ उनले भने, ‘नजिकैको प्रहरी चौकीबाट पनि घटनास्थलमा पुग्न चार घण्टा लाग्छ ।’

प्रहरी टोली लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ गइरहेको उनले बताएका छन् । बेपत्ताहरुको नाम खुल्न बाँकी छ । घाइतमध्ये एक जनाको अवस्था गम्भीर रहेको खबर आएको जानकारी दिंदै एसपी पाठकले भने, ‘बेपत्ता हुने पाँच जना एकै घरका हुन् कि होइनन्, खुलिसकेको छैन ।’ उनले त्यो क्षेत्रमा विद्युत् आयोजनाहरु निर्माणको चरणमा रहेकाले त्यो घरमा विद्युत् आयोजनामा कामगर्ने मजदुर पनि बस्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL