काठमाडौं । सानिमा माई हाईड्रोपावर लिमिटेडको कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
भदौ ३१ गतेको ५ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि १ कित्ता शेयर बराबर १ कित्ता निष्काशन गर्न लागेको हो । चुक्ता पूंजीको १ सय प्रतिशतले हुने रु.१ करोड ५ लाख कित्ता हुन आउछ ।
सो कार्यको लागि सानिमा माई हाईड्रोपावर लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवर्ण दास श्रेष्ठ र एनसिएम मर्चेण्ट बैंकिङ लि. को तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठले सो सम्वन्धी सम्झौता गरे ।
हकप्रद शेयर निष्काशन पश्चात हाईड्रोपावर लिमिटेडको जारी तथा चुक्ता पूंजी रु.२ अर्व ११ करोड कायम हुनेछ ।